नेपाली महिला क्रिकेट अझै पनि सरकारको आँखामा पर्न सकेको छैन – अन्जली चन्द

Uncategorized

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला क्रिकेट सोमबारदेखि पोखरा रङ्गशालामा सुरु भएको छ ।पहिलो दिन भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित ग¥यो । यसो त यो खेल माल्दिभ्सको पहिलो अन्तराष्ट्रिय खेल थियो ।पहिलो खेलमा नेपालका लागि डेब्यू गरेकी खेलाडी अञ्जली चन्द खेल सकिएपछि चर्चामा आइन् । कारण थियो नयाँ विश्व कीर्तिमान । उनले २.१ ओभर बलिङ गर्दै कुनै रन खर्च नगरी ह्याट्रिकसहित ६ विकेट लिइन् ।

२५ वर्षीया उनको यो प्रदर्शन क्रिकेट जगतमै निकै सम्झनलायक मानिएको छ ।हामिसँगको भेटमा उनले आफूले नसोचेको उपलब्धि हासिल गरेको बताइन् । टोलिमा परे पछि उनले सोचेकी थिइन् – ‘विकेट लिएर मेरो कला देखाउँछु ।’राष्ट्रिय टिममा डेब्यू गर्न पाएपछि निकै खुसी लागेको र किर्तिमान रच्दा त झन् खुसी बढेको प्रतिक्रिया दिइन् । तर, उनको यो प्रदर्शन सजिलै भने हासिल गरेकी हैनन् ।विवाह बन्धनमा बाँधिएको चार वर्षपछि उनले क्रिकेटमा पुनरागमन गरिन् र नयाँ किर्तिमान राख्न सफल भइन् । अञ्जली पहिलो खेलमा उमन अफ द म्याच पनि घोषित भईन् ।

हे वाचा:   संन्यासको योजनामा छैनन् धोनी, सन् २०२१ को आईपिएल पनि खेल्ने

उनले नेपाली महिला क्रिकेटमा धेरै समस्या देखेकी छन् ।नेपाली क्रिकेटका लागि सरकारले महिला क्रिकेटरका लागि पनि पुरुषको जतिनै सेवा सुविधा दिनु पर्ने र अझ बढी महिला क्रिकेटका घरेलु लिगलाई बढावा दिनु पर्ने ठान्छिन् ।नेपाली महिला क्रिकेट अझै पनि सरकारको आँखामा पर्न नसकेको अञ्जली बताउँछिन् । क्रिकेट अझै जीविकोपार्जनको माध्यम बन्न नसकेको उनी गुनासो गर्छिन् ।सीप नभएका कारण क्रिकेट छाड्दा अरु पेशाको लागि अयोग्य पनि हुने र क्रिकेटले जिविकोपार्जन सम्भव नभएकाले क्रिकेटरको जीविकोपार्जनका लागि सरकारले ठोस कदम चाल्नुपर्ने उनको भनाइ छ ।