गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तिब्र गतिमा

Uncategorized

धुर्मस–सुन्तली फाउन्डेसनले जनस्तरमा सहयोग जुटाएर भरतपुरमा बनाउन लागेको प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदान निर्माणको काम अगाडि बढेको छ । भरतपुर महानगरपालिकालाई कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपलब्ध गराएको रामपुरको जग्गामा फाउण्डेशनले रंगशाला बनाउँदै छ ।रंगशाला निर्माणका लागि गत वर्षको माघ १६ मा भरतपुर महानगरपालिका र फाउण्डेशनबीच सहमति भएको थियो । रंगशालाको लागत झण्डै तीन अर्ब रुपैयाँ छ । यसअघि भुकम्प प्रभावितहरूका लागि नमुना वस्तीहरू निर्माणको अनुभव बटुलेको फाउण्डेशनले देश विदेशका नेपालीहरूले दिने सहयोगबाट रंगशाला बनाउने महत्वकाक्षी योजना अगाडी सारेको हो । डिपिआर बनेको दुई वर्षभित्र रंगशाला निर्माण सक्ने योजना छ ।

गएको कात्तिक ६ गते विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक भएको थियो । लगत्तै मैदान निर्माणको काममा संलग्न भएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष कलाकार सिताराम कट्टेल धुर्मुसले बताए । अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि ७० मिटर ब्यास भएको क्रिकेट मैदान तयार हुँदैछ । ‘मैदानको क्षेत्र सम्याउने, पुर्ने काम गरेका छौं । ड्रेनको काम पनि अगाडी बढेको छ’ कट्टेलले भने ।इन्जिनियर राजेश थापा मगरले यो कामको रेखदेख गरेका छन् । ‘दुबो राख्ने र पीच बनाउने कामपछि हुन्छ । त्यसको लागि चाहिने संरचनाको काम हामीले गरी रहेका छौं । झण्डै ४० प्रतिशत प्रगति भएको छ,’ इन्जिनियर थापा मगरले भने । झन्डै २० दिनमा यति काम भएको उनले बताए । मैदानको काममा बिहान ६ बजेदेखि रातिसम्म खट्ने गरेको कट्टेलले बताए ।

हे वाचा:   या शेंगाची भाजी खाण्याचे आश्चर्यकारक फा'यदे..पुरुषांसाठी भ'यंकर गुणकारी भाजी..विवाहीत लोकांनी एकदा पहाच..

फाउन्डेसनले काम सुरु गरेपछि गत जेठमा स्थानीयबीच विवाद हुँदा निर्माण क्षेत्रमा लगाएको जस्ताको अस्थायी बार डोजर चलाएर स्थानीयले भत्काइदिएका थिए । त्यसपछि रंगशाला निर्माण हुने वा नहुने भन्ने बारेमा अन्यौल छाएको थियो । यो घटनापछि आर्थिक संकलन अभियान पनि राम्रोसँग चल्न सकेको छैन । चितवनका स्थानीय तहले रंगशाला निर्माणमा जुट्ने प्रतिवद्धता देखाएपछि फाउन्डेसन साउनदेखि काममा फर्केको थियो ।फाउन्डेसन अहिले मैदान निर्माणमा केन्द्रित भएको छ । त्यसपछि प्याराफिट राख्ने संरचना बनाउने र अन्य कामहरूमा लाग्ने योजना छ । फाउन्डेसनले काम सुरु गरे पनि आर्थिक स्रोतको भने अभाव खड्केको छ ।